२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कोरोना संक्रमित कांग्रेस महामन्त्रीको आइसीयूमा राखेर उपचार गरिँदै



काठमाडौं ।
केही दिन अघि कोभिड-१९ संक्रमण पुष्टि भएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गएराति नै अस्पताल भर्ना गरिएको हो ।

उहाँलाई अहिले राजधानीस्थित ओम अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको छ। आइसीयूमा राखिएको भए पनि अक्सिजन लगाउनुपर्ने अवस्था भने नरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ओम अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो। कोइरालालाई कोभिड विशेष निगरानी कक्षमा राखेर उपचार थालिएको अधिकारीले बताउनुभयो ।

गएको भदौ २३ गते उहाँमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो । त्यसयता उहाँ होम आइसोलेसनमा बस्दै आउनुभएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०७७ बुधबार ००:००  १ : १८ बजे