४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

थप १ हजार २४६ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय ७३ पुगेको छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार दुई सय ४३ निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४२ हजार नौ सय ४९ पुगेको छ ।

अब नेपालमा १६ हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आईसीयूमा एक सय ८२ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् ।

यस्तै सात हजार आठ सय ८३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  ४ : ३२ बजे