३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

झण्डै ६ महिनापछि आजदेखि आन्तरिक उडान, लक्षण भएकालाई पूर्ण निषेध



काठमाडौं।
झण्डै ६ महिनाको बन्दाबन्दीपछि आन्तरिकतर्फका निजी वायुसेवा कम्पनीहरु भोलिदेखि उडान भर्न लागेका छन्। बुद्ध एयरका अनुसार सुरक्षित, संक्रमणरहित उडानका लागि तालिम तथा आवश्यक पिपिई उपलब्ध गराइएको छ।

कोभिडसँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ। विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीको भगिनी संस्था बुध्द होलिडेजले पोखराका लागि ५ हजार ९ सय ९९ र चितवनका लागि ७ हजार ९ सय ९९ को होलिडे प्याकेजहरु पनि ल्याएको छ।

दुई रात तीन दिनको यस प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटलको बसाई, बिहानको खाजा तथा एयरपोर्ट पिकअप ड्रप समावेश रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ९ : ०४ बजे