३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

नेकपा सचिवालय बैठक स्थगित, भोलि बस्ने



काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बस्ने भनिएको बैठक भोलि मंगलबारका लागि सारिएको छ।

तत्कालीन माओवादीको पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार दिउँसो साढे १२ बजे बस्ने गरी स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।

उनका अनुसार नेताहरुको कार्यव्यस्तताका कारण स्थगित भएको बैठक मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

पार्टी एकतापछि आइतबार पहिलो पटक नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो।
उक्त बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रस्ताव पेश भएको थियो।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  १२ : ३६ बजे