२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नौ हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार पाँच जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४७ हजार दुई सय ३८ पुगेको छ ।

अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ४ : ३४ बजे