२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

थप १३५६ जनामा कोरोना सङ्क्रमण, ८२३ डिस्चार्ज



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ११ हजार एक सय ५४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५६ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४८ हजार ६१ पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय ७१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  ४ : ३३ बजे