४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

थप १ हजार १७२ जनामा कोरोना पुष्टि, १ हजार ८९३ जना डिस्चार्ज



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६७ हजार आठ सय चार पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नौ हजार चार सय ९७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार आठ सय ९३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४९ हजार नौ सय ५४ जना पुगेको छ ।

अब नेपालमा १७ हजार चार सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ४ : २९ बजे