११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

बुटवलमा उपचाररत कपिलवस्तु र नवलपरासीका २ संक्रमितको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ जना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनीहरु दुवैजनालाई ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। असोज १ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुका पुरुषको आज बिहीबार बिहान ७ बजे मृत्यु भएको हो। उनमा मधुमेह र मिर्गौलाको समस्या थियो।

नवलपरासी रामग्रामका पुरुष भदौ २७ गते अस्पतालमा भर्ना भएका थिए। उनमा कलेजोको समस्या थियो। उनको आज बिहीबार बिहान ४ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए।

Image may contain: text

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  १२ : ५७ बजे