कोइली नदीमा वेपत्तामध्ये थप एक जनाको शव फेला


मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली नदीमा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ ।

विहानैबाट वेपत्ताहरुको खोेजीमा रहनु भएका शशष्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो ।

खोजी गर्ने क्रममा वडा नम्बर ६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको ढकालले मायादेवी अनलाइनलाई बताउनु भयो । मध्यान्ह साढे १२ बजेतिर क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको ढकालले बताउनु भयो ।

वेपत्तामध्ये विद्यूत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव अझैसम्म भेटिएको छैन । उहाँको पनि खोजी भइरहेको र साँझसम्म फेला पारिने ढकालको दाबी छ ।

भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना वेपत्ता भएका थिए । त्यसमध्ये जिप चालक माधव प्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो ।

अहिले पनि शशष्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका तिनचार टोली खोजी कार्यमा लागिरहेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस