२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ को मृत्यु



काठमाडौं ।

बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।

यस अवधिमा कोरोनाबाट ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए। मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै मृतक थप १७ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४५३ जनामा कोरोना पुष्टि भएको छ। यस दिन कुल ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ४ : २७ बजे