१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

पाल्पा पहिरोः बेपत्ता ५ मध्ये २ जनाको शव भेटियो



पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये शुक्रबार दिउँसो दुई जना महिलाको शव भेटिएको छ । दुई जनाको शव भेटिए पनि परिचय भने खुलेको छैन ।

बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । पहिरोमा परेर ६३ वर्षीय हुमबहादुर गाहा, उहाँका श्रीमती ४७ वर्षीया धनी गाहा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र सात वर्षीया नातिनि लक्ष्मी गाहा बेपत्ता भएका थिए ।

बेपत्तामध्ये शुक्रबार दिउँसो सवा १२ बजे दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो । बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानदेखि मात्र बेपत्ताहरुको खोजी सुरु भएको हो । बिहीबार नै पहिरोले घर पुरिँदा त्यही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  १ : ४९ बजे