१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल किसान ट्याक्टर समिती वाणगंगाको रक्तदान कार्यक्रमः ६० युनिट रगत संकलन



मायादेवी अनलाइन, जितपुर ।

नेपाल किसान ट्याक्टर समिती वाणगंगा ८ पुलचोक कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेका छन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी लगाएतले गरेको रक्तदान बाट ६० युनिट रगत संकलन भएको छ ।

कोरोना भाइरसको महामारी पछि रगतको अभाव हुन सक्ने भन्दै कार्यक्रम आयोजना गरिएको नेपाल किसान ट्याक्टर समिती वाणगंगा कपिलवस्तुका महासचिव झबिन्द्र खनालले जानकारी दिनुभयो । समितीले प्रत्येक वर्ष असोज १० गते रक्तदान कार्यक्रम गर्दै आएको छ । सोही अनुसार आजपनि कार्यक्रम गरिएको हो । कार्यक्रममा ५० जनाले रक्तदान गर्ने लक्ष्य राखेपनि लक्ष्यभन्दा धेरै नै रगत संकलन भएको महासचिव खनालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेडक्रस सोसाइटि बुलवलका शाखा सल्लाहकार विमल बहादुर शाक्यले कोरोना भाइरस महामारीको कारण जारी निषेधाज्ञाले नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा रक्त सञ्चार केन्द्रमा रगतको अभाव रहेको बताउनुभयो । उहाले रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा टया्क्टर समितीले आयोजना गरेको रक्तदान कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुग्ने बताउनुभयो ।

यस्तै नेपाल किसान ट्याक्टर समिती वाणगंगाका अध्यक्ष मधु अर्यालले महामारीको यस विषम परिस्थीमा रगतको अभाव नहोस भनेर कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रमको संचालन समितीका सचिव शान्ता विक्रम पौडेलले गर्नुभएको हो ।

No description available.

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  १ : ३४ बजे