२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

आज १२०७ कोरोना संक्रमित थपिए, ११४७ डिस्चार्ज



काठमाडौं ।

शनिबार थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।

त्यस्तै यस दिन मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  ४ : २६ बजे