४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोना संक्रमणबाट बबई क्याम्पस प्रमुखको मृत्यु



बाँके ।

बबई बहुमुखी क्याम्पस, गुलरिया बर्दियाका ५२ वर्षीय क्याम्पस प्रमुख बिनोद अग्रवालको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बर्दियाका ५२ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले पनि कोभिड आइसोलेसन जाने क्रममा अस्पताल गेट छिर्नै लाग्दा बबई क्याम्पस बर्दियाका प्रमुखको कोरोनाका कारण निधन भएको बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  ४ : ४७ बजे