७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि



काठमाडौं ।

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७१ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। जस अनुसार बाग्लुङका ३१ जना, कास्कीका २१ जना, लमजुङका १६ जना र नवलपरासी पूर्वका ३ जना रहेका छन्।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका९३ का २७ बर्षीय पुरुष र वार्ड नं १५ का ३८ बर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरत छन् भने वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार हुन्।

त्यस्तै लमजुङ जिल्ला, मध्यनेपाल ६ का ३५ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन्। त्यस्तै बाग्लुङ जिल्लाका धेरैजसो संक्रमित भारतबाट र केहि संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट आई क्वारेन्टाइनमा बसेका छन्।

अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म ३७४४ जना संक्रमित भएका छन् भने अहिलेसम्म २५६६ जना निको भएका छन्।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ४ : ०० बजे