२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं

आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ।

यस दिन मृतक १० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस दिन १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ४ : २७ बजे