१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रोनाल्डोको प्रभावशाली प्रदर्शनले युभेन्टस हारबाट जोगियो



एजेन्सी ।
क्रिष्टियानो रोनाल्डोको प्रभावशाली प्रदर्शनका कारण युभेन्टस हारबाट जोगिएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस रोमासँग २–२ को बराबरीमा रोकियो । ३१ औँ मिनेटमा पाएको पेनाल्टी तथा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जोर्डन भेरेटाउटले रोमाका लागि गोल गरे ।

४४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका रोनाल्डोले ६९ औँ मिनेटमा युभेन्टसका लागि बराबरी गोल गरेका हुन् । त्यसअघि ६२ औँ मिनेटमा राबिओट दोहोरो पहेँलो कार्डा पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।

लिग अन्तर्गत आइतबार राति नै भएका खेलमा नापोलीले जेनोआलाई ६–० तथा एसी मिलानले क्रोतोनेलाई २–० ले पराजित गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  ८ : ३३ बजे