१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पछिल्लो २४ घण्टामा देशभर थपिए १३ सय ५१ कोरोना संक्रमित



काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गैतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोन संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।

संस्थागत आइसोलसनमा ८ हजार ६९५ रहेको उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा १० हाजर ८० पीसीआर परीक्षण भएको थियो ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगको छ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  ४ : ३८ बजे