१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

आर्सनलमाथि लिभरपुलको सानदार जित, पछि परेको स्थिति उल्टायो



एजेन्सी ।

पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।

लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो ।

२५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर लाकाजेटीले भ्रमण टोली आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए । पछि परेको लिभरपुलका लागि २८ औँ मिनेटमा साडिओ मानेले बरबरी गोल गरे ।

३४ औँ मिनेटमा एन्ड्रू रोबर्टसनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–१ को अग्रता लियो । ८८ औँ मिनेटमा डिओगो जोटाले गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो । लिगमा सुरुका दुई खेलमा जित निकालेको मिकेल आर्तेताको आर्सनल तेस्रो खेलमा भने पराजित भयो ।

लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल गरी जित निश्चित गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ६ : ०८ बजे