१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोरोना भाइरसबाट विश्वभर १० लाख बढीले ज्यान गुमाए



काठमाडौं ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३५ लाख ४२ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ६८ हजार निको भएका छन् भने करीब ७६ लाख ७० हजार जना सक्रिय सङ्क्रमित छन् ।

कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ६५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या ७३ लाख ६१ हजार नाघिसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ८ : ०९ बजे