१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भारतमा झण्डै ५१ लाख कोरोना संक्रमित निको भए



काठमाण्डौ ।

भारतमा कोरोना सङ्क्रमण भएका झण्डै ५१ लाख निको भएका छन् । गएको २४ घण्टामा ६९ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नाघेको छ ।

जसमध्ये ५० लाख ९८ हजार निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार ९ लाख ४८ हजार कोरोनाका सक्रिय बिरामी रहेकामा साढे ८ हजारको अवस्था जटिल रहेको र अरुको अवस्था सामान्य छ ।

९६ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । भारतभन्दा धेरै साढे ७३ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा भने ४६ लाख निको भएका छन् । त्यहाँ २ लाख ९ हजारको भने ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ३५ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४८ लाख निको भएका छन् । १० लाख ६ हजारको भने ज्यान गएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  १२ : ३४ बजे