१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इजरायलमा पढ्न गएका नेपाली विद्यार्थीले सोनालाई गरे आर्थिक सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
देशभरबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थीले सोना पौडेलको उपचारमा आफुसक्दो सहयोग गरेका छन् ।

देशभरका साना किसान मार्फत कृषिको अध्ययन गर्न इजरायल पुगेका विद्यार्थीले वाणगंगा ४ ठाकुरापुरकी सोनाको उपचारमा ३० हजार नगद सहयोग पठाएका थिए । आर्भा इन्टरनेश्नल सेन्टर फर अग्रिकल्चर ट्रेनिङमा अध्ययन गरिरहेका विद्यार्थीले उक्त रकम संकलन गरेका हुन् ।

मायादेवी टिभीमा प्रशारित सोनाको भिडिओ हेरेर इजरायलमा रहेका नेपाली विद्यार्थीहरुले आफुले खाने खाजा खर्च कटाएर सोनाको उपचारमा थप सहयोग गरेको अनरोस्ववियूका जिल्ला सह संयोजक दयाराम पौडेलले जानकारी दिनुभयो ।

इजरायलमा अध्ययन गरिरहनुभएका कपिलवस्तुका सुजन पौडेल क्षेत्रीको पहलबाट उक्त रकम आफुलाई दिनु भनेर पठाइदिएको पौडेलले मायादेवीलाई सुनाउनुभयो ।

विद्यार्थी नेता पौडेलमार्फत सोनाको परिवारलाई उक्त ३० हजार बुधबार प्रदान गरिएको छ । सोनामा घरमै पुगेर पौडेल, रमेश न्यौपाने, मायादेवी अनलाइनका प्रधानसम्पादक चन्द्रकान्त न्यौपाने, सम्पादक दिपक अनुरागीले ३० हजार वितरण गर्नुभएको हो ।

आर्थिक स्थिति दयनिय भए उपचार गराउन गाह्रो भैरहेको बेला आफुलाई सहयोग आएको भन्दै सोनाका परिवारले सहयोगी विद्यार्थीलाई धन्यवाद दिएका छन् ।

मायादेवी टिभीले आफुहरुको समस्या आम नेपालीमाझ पु¥याएको भन्दै पौडेल परिवारले आभार व्यक्त पनि गरेका छन् ।

सोनाको अहिले काठमाडौंमा उपचार भैरहेको छ । कोरोना पोजेटिभ देखिएपछि सोनाको उपचारमा ढिलाई भएको हो । उपचारका लागि काठमाडौं गएको १६ दिन वितिसकेको छ ।

यसभन्दा अगाडी पनि सोनालाई कोरोना देखिएको थियो । बर्षौसम्म सोनाको अप्रेसन गर्नुपर्ने अवस्था छ भने एक पटकको झण्डै १ लाख लाग्ने अस्पतालले जनाएको छ ।

सोना पौडेलको हेर्नुहोस भिडियोमा दयनिय अवस्था

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ११ : ४७ बजे