६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

आजको मौसमः प्रदेश ५ लगायतका स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौँ ।
बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको छ ।

माहाशाखाका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले मौसममा आंशिक र सामान्य बदलि रहेको हो । रातको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो केही दिनसम्म यस्तै अवस्था रहने माहाशाखाको अनुमान रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ८ : २७ बजे