५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मुख्य सचिवमा वैरागी, अमेरिकाको राजदूतमा पूर्व अर्थमन्त्री खतिवडा सिफारिस



काठमाण्डौ ।

सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ । यस्तै आज मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  १२ : ३२ बजे