६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अफगानिस्तानमा सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट, ९ जनाको मृत्यु



एजेन्सी ।

दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । 
आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ । 

अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् । उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् । 

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  २ : ३४ बजे