८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राहुल गान्धी पक्राउ



एजेन्सी ।

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशमा सामूहिक बलात्कारपीडित परिवारलाई भेट्न जाँदै गर्दै गर्दा उनी समातिएका हुन्। राहुल गान्धी र प्रियंका गान्धीलाई त्यसतपर्फ जान रोकेको तर जान नपाएपछि उनीहरु गाडीबाट ओर्लेर पैदलै त्यसतर्फ गएका थिए। त्यसपछि पनि प्रहरीले रोक्न खोजेको थियो।

त्यसपछि पनि उनीहरु नमानेपछि प्रहरीले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले राहुललाई समात्ने क्रममा केहीबेर झडपसमेत भएको जनाइएको छ। झडपमा प्रहरीले उनको कठालो समातेको र उनी भुइँमा लड्न पुगेका दैनिक भाष्करले लेखेको छ। राहुलको हातमा चोट लागेको जनाइएको छ।

पक्राउपछ राहुलले भनेका छन्, ‘प्रहरीले मलाई धक्का दियो, लाठी चार्ज गर्यो, के यो देश मोदीले मात्र चलाउन सक्छन्रु उनले प्रहरीलाई आफूलाई संविधानको कुन धारामा रहेर गिरफ्तार गरेको भनी सोधेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ४ : १६ बजे