२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य



काठमाडौं ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट केही मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ।

जसअनुसार अब दुवैको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ८ : १२ बजे