७ असार २०८३, आइतबार | Sun Jun 21 2026

वामदेवविरुद्ध परेको रिटमा आज सुनुवाइ



काठमाण्डौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाई हुने भएको छ। संवैधानिक इजलासमा बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज सुनुवाई अघि बढ्न लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  १० : ०७ बजे