४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

चार नम्बरबाट हराएका लिलाराम तनहुँमा भेटिए, देवघाटमा तीर्थ गएका रहेछन्



मायादेवी अनलाइन चार नम्बर ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुका उपाध्यक्ष रेशम ढकालका पिता लिलाराम ढकाल फेला परेका छन् ।

गत असोज १३ गते मंगलबार जितपुर ४ नं. चोकबाट सम्पर्कबिहिन भएका ढकाललाई खोजी गर्ने क्रममा तनहुँको देवघाटबाट फेला पारिएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ निवासी ६८ वर्षीय ढकाल गत मंगलबार दिउँसो करिब १२ बजे ४ नं. चोकमा गएको बेला अकस्मात् हराएका थिए ।

खोजीमा जानु भएका होटल व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल खत्रीका अनुसार बुबा देवघाटमा तीर्थको लागि जानु भएको बुझिएको छ । उहाँका अनुसार बुबा तीर्थको लागि भनेर त्यहाँ पुगेको र नुहाउने क्रममा मोबाइल नदीमा खसेपछि सम्पर्क नभएको बताइएको छ । उनको साथमा परिवारको सम्पर्क नम्बर पनि नभएका कारण तीनदिनसम्म परिवारबाट टाढा हुनुपरेको बुबाले बताएको खत्रीले बताउनु भयो ।

अहिले बुबालाई लिएर उहाँहरु देवघाटबाट फर्कनु भएको छ । बुबा हराएको खबरलाई मायादेवी अनलाइनले पहिलो पटक प्रकाशित गरेपछि सबै खोजमा लागेका थिए ।

यो पनि पढ्नुहोस् कपिलवस्तुको चारनम्बर चोकबाट एक पुरुष सम्पर्कबिहिन


इलाका प्रहरी कार्यालय पिपराले पनि बुबाको खोजमा सक्रियता देखाएको थियो । एक्कासी हराएपछि ढकाल परिवारमा ठुलो चिन्ता थपिएकोमा अहिले खुसीको आसु आएको छोरा रेशम ढकालले मायादेवी अनलाइनलाई बताउनु भयो ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ५ : १८ बजे