४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बुटवलमा प्रर्दशनकारीले स्कुटर जलाए, स्थायी राजधानी नपाएको झोक !



रुपन्देही ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय बिरुद्ध आन्दोलनरत बिद्यार्थीहरुले मोटरसाइकल जलाएका छन ।

बुटवलको होराईजन चोकमा बिद्यार्थीहरुले तिलोत्तमा नगरपालिकाको नाममा रहेको स्कुटर जलाएको बुटवल प्रहरीले जनाएको छ ।

नगरपालिकाको काम सकेर घर फर्कदै गरेकी शिक्षा अधिकृत सारदा भटराईले चढेको लु १ ब २४७० नं को स्कटरमा आगजनी भएको प्रहरीले बताएको छ ।

नगरपालिकाको कामले बुटवल गएर फर्कने क्रममा उनको स्कुटर र स्कुटरमा रहेको झोला समेत जलाईएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

आन्दोलनका नाममा सार्वजनीक सम्पती र कर्मचारीको ब्यक्तीगत सम्पतीको समेत क्षती भएको भन्दै नगर प्रमुख घिमिरेले घटना प्रति दुख ब्यक्त गरेका छन ।

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  ९ : ५७ बजे