८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

साताका अक्षरः एलिसा घिमिरेका दुई गजल



गजल १
पागल थिइन यार पागल बनायौ किन ?
यही पागलसंग केही दिन रमायौ किन ?

तिमी पागल वा म पागल छुट्ट्याउन सकिन
यति सजिलै मेरो तस्विर जालायौ किन ?

दिवा सपनाहरू हजार देखाएर यार
अरे सपनाको महलबाट पछार्यौ किन ?

जीन्दगीबाट वाक्क भइ मृत्यु रोज्दा मैले
झिनो आस देखाएर मलाई बचायौ किन ?

गजल २

झिलिमिली बत्ती बलि नै रह्यो त्यो मेरो गाउँमा
के गर्दै होलिन ती बुढी आमा शिर झुकाएँ पाउँमा

म चाडै फर्की आउँछु आमा गाउँको मुहार फेर्न
भगवान् सम्झी पुष्प चडाउँदैछु आमाको नाउँमा

परदेशी जीवन बसनु पर्छ साहु कै अधिनमा
मलम पट्टी लगाउदै यहाँ त्यो आलो घाउमा

आपत पर्दा न साहारा मिल्छ यो पापी देशमा
पोका पुन्टा कस्दौछु आमा घर आउने दाउमा

दस धारा दूध खुवाएर आमा हुर्कायौ बढायौ
मातृ स्नेह दाजिनु हुन्न सुनको त्यो भाउमा

एलिसा घिमिरे
कपिलवस्तु

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  १० : ०८ बजे