८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

राजधानी विवादः स्थायी राजधानी कपिलवस्तु माग्दै तौलिहवामा रिले अनसन



मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउँसो देखि रिले अनसल सुरु गरिएको छ ।

कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा राजधानी राख्ने प्रस्तावको बिरोध गर्दै अनसन सुरु गरेका हुन् ।

शनिवार कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले अनसन सुरु गरेका हुन् ।

समाजसवीे तथा अगुवा रउफ अहमद खाँ, अशोक गुपता संतोाष कसौधन र बृजेश भटरा अनसनमा बसेका छन् ।

२६ सय बर्ष अघि नै बुद्धको क्रिडास्थलकारुपमा रहेको तिलौराकोट नै १२ जिल्लाका लागि प्रदेशको राजधानी उपयुक्त हुने उनीहरुको बताउँछन ।

बुटवल र दाङमा राजधानी राख्ने लामो सयमको बिवाद पछि प्रदेश सरकारले शुक्रवार दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव गरेको छ ।

अनसनकारी सुदीप पौडेलले दाङ र बुटवल भन्दा कपिलवस्तु नै हरेक हिसाबले प्रदेशको राजधानी उपयुक्त हुने बताए । ‘प्रदेश सरकारले प्रस्ताव लगे पछि अझै बुटवल र दाङका बीच राजधानीका बिषयमा तीब्र बिवाद छ, यस्तोमा उपयुक्तस्थल कपिलवस्तु नै हो ।’

अर्का अगुवा रउफ अहमद खाँले २६ सय भन्दा बढी अघिको इतिहास बोकको प्राचिन शहर कपिलवस्तुलाई नै राजधानी बनाउनु पर्ने बताए । एक पटकमा चार घन्टा रिले अनसन बस्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  ६ : १८ बजे