१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

व्यवसायीसँग मासिक रुपमै घुस लिएको आरोपमा अनुसन्धान अधिकृतविरुद्ध मुद्दा



बुटवल ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई दुई लाख रुपैयाँ घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो।

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। रासस

प्रकाशित मिति : २५ आश्विन २०७७ आइतबार ००:००  ७ : १४ बजे