७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अस्पताल भर्ना भएकी विरामीलाई कोरोना देखिएपछि पिपरा अस्पताल शिल



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा अस्पताललाई शिल गरिएको छ । अस्पतालमा आएका एक जना विरामीलाई थप उपचारको लागि बुटवल पठाइएको र उनमा कोरोना पोजेटिभ देखिएकाले अस्पताल शिल गरिएको वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले मायादेवीलाई जानकारी दिनुभयो ।

पौडेलका अनुसार ति बिरामी महिला ३ दिन देखि अस्पताल रहेकी थिन् । वाणगंगा २ बैजलपुर निवासी ५५ बर्षीया महिलाको बुटवलमा गरिएको परिक्षणमा कोरोना देखिएको हो ।

महिलालाई कोरोना देखिएपछि मंगलबार अस्पताल ब्यवस्थापन समितिको आकष्मिक बैठक बसेर अर्को सुचना जारी नहुँदासम्म अस्पताललाई शिल गरिएको हो । यस्तै कार्तिक १ गते अस्पतालमा कार्यरत सबैको पीसिआर परिक्षण गरिने छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७ मंगलबार ००:००  ३ : ३३ बजे