छाडा चौपाया ब्यवस्थापनमा वाणगंगा, ३० लाख रुपैयाँ बिनियोजन


मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले छाडा चौपायाको ब्यवस्थापन गर्ने भएको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले छाडा चौपाया ब्यवस्थापनका लागि ३० लाख रुपैयाँ बिनियोजन गरेको हो ।

यस्तै बैठकले अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । दशै तिहारमा हुने विभिन्न गतिबिधिलाई सिमित गर्ने र जिल्ला प्रशासन कार्यलयको निणर्यलाई कार्यन्वय गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्ला कारागारमा रहेका कैदीको ब्यवस्थापनका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी बस पार्क निमार्णको लागि सम्भाब्यता अध्ययन गर्न ३ सदस्यिय कार्यदल गठन गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । कार्यदलमा वडा नम्बर ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री, ५ का अध्यक्ष भिष्मराज भुसाल र प्रशासन शाखा प्रमुख केशवराज भट्टराई रहनुभएको छ ।

यसैगरी मुटु तथा मुगौला रोगीको लागि मुटु अस्पताल बुटवलसम्म पुरयाउन बस सेवा उपलब्ध गराउने निर्णय गरेको वडा नम्बर २ का वडा अध्यक्ष समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । साथै घर नक्सा अभिलेखिकरणको लागि पुस मसान्तसम्मको समय थपिएको छ ।

नगरपालिकामा सम्पन्न कार्यपालिका बैठकले बुधबार नै ३ वटा कार्यविधि पारित गरेको छ । जसमा नगर प्रहरी ब्यवस्थापन र संचालन कार्यविधि, लैंगिक हिंसा निवारण कोष कार्यबिधि र सहकारी संस्था एकिकरण सम्बन्धी कार्यबिधि पनि कार्यपालिका बैठकले पारित गरेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस