९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

ग्यास सिलिन्डर विष्फोट अपडेटः ११ जना घाइते, आगलागी नियन्त्रणमा



काठमाडौं
काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको छ। बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनका अनुसार घटनामा ११ जना घाइते भएका छन्। उनीहरूको पिपुल्स र मनमोहनमा उपचार भइरहेको उनले जानकारी दिए। उनका अनुसार मिल कुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर पड्किएको हो।

‘मिल कुमारीको घर पूर्ण क्षति भएको छ। अरू चार(पाँच वटा घरका सिसा फुटेको छ’, उनले भने।उनीहरूको अवस्था सामान्य रहेको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जनायो। अहिले ग्यास पड्किएपछि लागेको आगलागी नियन्त्रणमा आइसकेको छ।

प्रकाशित मिति : २९ आश्विन २०७७ बिहिबार ००:००  १ : ४७ बजे