५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार



काठमाडौं ।
मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको हो।

सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको उनले बताए।

ुसेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरेका थिए,ुएसपी राठौरले भने,ुती मान्छेको पहिचान भइसकेको छ।ु

प्रकाशित मिति : २९ आश्विन २०७७ बिहिबार ००:००  ४ : ०८ बजे