कपिलवस्तुमा यसरी मनाईयो ६५ औं प्रहरी दिवस (फोटोफिचर)


मायादेवी अनलाइन, तौलिहवा ।
आज नेपाल प्रहरीले आफ्नो ६५ औं प्रहरी दिवस मनाउँदैछ । यो दिवसको अवसरमा कपिलवस्तु प्रहरीले पनि एक बिशेष समारोहका साथ मनाएको छ ।

दिवसको अवसरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेल पनि सहभागी भएका छन् ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिएको छ ।

कार्यक्रममा संगठनभित्रबाट सर्वोत्कृष्ट प्रहरीहरुलाई सम्मान गरिएको थियो ।

हेर्नुहोस तस्बीरमा

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस