राष्ट्रियसभाका पूर्वसांसद श्रेष्ठको निधन


काठमाडौं ।

राष्ट्रियसभाका पूर्वसांसद प्रा. डा. राममान श्रेष्ठको निधन भएको छ । उनको काठमाडौं भीमसेनगोलास्थित निवासमा ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्रेष्ठ त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्व सभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्ष पनि हुन् ।

उनी २०५४ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले श्रेष्ठको निधनले आफू मर्माहत भएको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस