अबोध किशोरीहरुमाथिको बलात्कारविरुद्ध वाणगंगामा यसरी उत्रिए किशोरीहरु


मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडगाउँमा किशोरीहरुले बलत्कार विरुद्ध कालो पहिरनमा विरोध जनाएका छन् । किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध विरोध अभियान अन्र्तगत सो विरोध सभाको आयोजना वडा बाल संञ्जालले गरेको थियो । शुक्रबार साँझ बोडगाउँ चोकमा जम्मा भएका किशोरीहरु सबै कालो कपडा लगाएर विरोधका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले मेर्सी फर रेपिस्ट लगाएतका विभिन्न नारा लेखिएका कार्डहरु बोकेका थिए ।

किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध अभियान भन्ने नाराका साथ आयोजना गरेको वडा बाल सञ्जालले वाणगंगा नगरपालिका ८ लाई ८ नम्बर वडा कार्यलय , मेचीमहाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तु ,महिला सञ्जालको एकवद्धता रहेको थियो । उक्त विरोध कार्यक्रममा नगरकार्यपालिका सदस्य गिता भुषालले जघन्य अपराध गर्ने जो कोहिलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउदै महिला समाजका अभिङ अङ्ग भएको बताउनु भयो । राष्ट्रपति नारी भएको यो देशमा, अझै हिंसा रोकिएन पितृसत्ता समाजमा , बलत्कारी हत्यारालाई संरक्षण दिन्छ सरकार ,अझै कति चेलिको सुन्नु छ चीत्कार, लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो ।

अहिले कपिलवस्तु सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बलत्कर विरुद्ध किशोरीहरुले कालो कपडा लगाएर विरोध जनाईरहेका छन् । सोही अनुसार आज बोडगाउँमा पनि उनीशरुले विरोध गरेका थिए । देशभर भईरहेका बलत्कारका घटना प्रति सरकार र राज्य स्तरबाट बलत्कारीलाई कडा कानुन बनाउनुपर्ने उनीहरुको माग रहेको छ । अबोध किशोरीहरु माथि हुने बलत्कारका घटनाले सिँगो नेपाल भरीका किशोरी र महिलाहरु स्वतन्त्र हुन नसकेको उनीहरुको जोड रहेको छ । किशोरी तथा महिलाहरुलाई खेलौना सरह ठानिएको भन्दै किशोरीहरुले यस्ता अपराध गर्नेलाई कडा कार्वाही तथा सजायको माग गरेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस