५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आजबाट १५ कार्तिकसम्म देशभरका अदालत बन्द



काठमाडौँ ।

घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ।

विगत वर्षमा जस्तै घस्थापना शनिबार कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो । अदालतबाट नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ।

जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ।

त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन्।

प्रकाशित मिति : १ कार्तिक २०७७ शनिबार ००:००  ८ : ०९ बजे