२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मन्त्री वैजनाथ चौधरीलाई कोरोना पुष्टि



नवलपरासी ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री चौधरीसहित उनकी श्रीमती द्रोपदा, सुरक्षागार्ड, चालक र सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्री चौधरीले आफूसहित श्रीमती र आफ्ना सहयोगीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘मसँग नजिकमा रहनुभएका सम्पूर्णलाई जानकारीका लागि र सजगता अपनाउन आग्रह गर्दछु।’

उनले बिहीबारदेखि होम आइसोलेसनमा बसेको बताएका छन्। संक्रमित भएका पाँचजनामध्ये आफूलाई मात्र रुघा लागेको र अन्य चारजनामा कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले जानकारी दिएका छन्।

मन्त्री चौधरीले गत शनिवार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय युवा संघ नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सपथग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सहभागी थिए।

लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केशीलगायतलाई पनि कोरोना संक्रम भएको थियो।

प्रकाशित मिति : १ कार्तिक २०७७ शनिबार ००:००  ८ : ५५ बजे