बाणगंगामा थप ११ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३७ पुगे


मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत असोज २८ गते संकलन गरी पठाइएका १८ स्वाबमध्ये ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार सबैभन्दा धेरै वडा नम्बर १ मा ४ जनामा कोरोना देखिएको छ ।

त्यहाँ ७२, ३८, २३ र ७० बर्षका पुरुषमा कोरोना देखिएको हो । यस्तै वडा नम्बर ३ मा २८ बर्षका १ पुरुष, ४ मा २९ (पुरुष) र २४ (महिला), वडा नम्बर ७ मा २५ बर्षीया किशोरीमा कोरोना देखिएको हो । यस्तै वडा नम्बर ८ मा ४३ पुरुष, २४ महिला र ११ मा ५९ पुरुषमा कोरोना देखिएको पौडेलले जानकारी दिनु भयो ।

उनीहरु सबैको अवस्था सामान्य रहेको पनि उहाँले बताउनु भयो । यी सबै कोरोना संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट आएका हुन् । यस्तै असोज ३० गते ३१ जनाको स्बाब संकलन गरी जाँचको लागि पठाइएको छ । आज थपिएकासंगै बाणगंगामा अहिलेसम्म १८४ जना कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ३७ सक्रिय केस रहेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस