प्रहरीको हत्याकाण्डमा संलग्न सात जना सार्वजनिक


डडेल्धुरा ।
कैलालीको धनगढी उपमहानगरपालिका- २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या संलग्न सात जनालाई सार्वजनिक गरिएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस