१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ब्रिटिस काउन्सिलले हथौसा लिटिल स्टारलाई दियो ‘आइएसए अवार्ड’



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको ओदारीस्थित हथौसा लिटिल स्टार सेकेण्डरी बोर्डिङ स्कूलले अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २०१९/०२० प्राप्त गर्न सफल भएको छ । ब्रिटिस काउन्सिलद्वारा विश्वका ३० देशहरूमा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड लिटिल स्टारले यो पालि पाएको हो ।

देशभरका ३ सय ७५ स्कूलले प्रस्तावना स्वीकृतिसँगै कपिलवस्तुमा यो बर्ष लिटिल स्कूलले मात्र अवार्ड प्राप्त गर्न सफल भएको शिक्षक होतराज खनालले जानकारी दिनुभयो ।

स्कूलले विभिन्न ८ ओटा विषयमा प्रोजेक्ट कार्य सम्पन्न गरेपछि अवार्ड पाउन सफल भएको कार्यक्रमका संयोजक समेत रहनुभएका शिक्षक खनालले जनाउनुभयो ।

शिक्षणको क्षेत्रमा यो अवार्ड अन्तर्राष्ट्रिय आयाम प्रदान गर्दै दिगो विकासका लक्ष्य प्राप्तिसँगै पाठ्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष बनाउने उद्देश्यले प्रदान गरिने गरिएको छ ।

स्कूलमा रहेका ८ ओटा प्रोजेक्टहरु स्कूलका विद्यार्थी, अभिभावक, समुदाय, विभिन्न संघसंस्था तथा शिक्षकको सहभागितामा सम्पन्न गरिएको थियो ।

यता अवार्ड प्राप्त गर्नका लागि अहोरात्र खट्नुहुने स्कूलका प्रिन्सिपल सुन्दर पाण्डेले सबैमा आभार व्यक्त गर्नुभएको छ ।

साथै प्रिन्सिपल पाण्डेले अवार्डले स्कूललाई थप उत्साह थपेको भन्दै आगामी दिनहरुमा पनि शैक्षिक यात्रामा सबैको साथ र सहयोग रहनेमा आशा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  ५ : ५७ बजे