१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगामा थप ७ जनामा कोरोना, एक जना सामुदायिक वनका अध्यक्ष परे



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या बढेको बढ्यै छ । पछिल्लो समय दिनदिदिनै संक्रमित थपिने क्रममा बुधबार पुनः ७ जना कोरोना संक्रमित थपिएका छन् । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार लक्षण देखिएर नीजि स्तरबाट जाँच गराएका ६ वडाका ७ व्यक्तिमा कोरोना देखिएको हो ।

यसरी कारोना देखिनेमा वडा नम्बर २ का ३१ बर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय पुरुष, वडा नम्बर ७ का २९ र ५० बर्षीय पुरुष, वडा नम्बर ८ का ३५ बर्षीया महिला, वडा नम्बर ११ का ६६ बर्षीय पुरुषमा कारोना देखिएको हो ।

अर्का २७ बर्षीय ब्यक्तिको वडा खुलेको छैन । उनीहरुमध्ये एक जना सामुदायिक वनका अध्यक्ष रहेका छन् । संक्रमितहरु सबै होम आइसोलेसनमा बसेका पनि पौडेलले बताउनु भयो ।

आज थप भएकासंगै नगरमा जम्मा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६८ पुगेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ८ : १५ बजे