७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक कोरोना कोषमा



काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक (तलब) र चाडपर्व खर्चबापत प्राप्त हुने रकम कोरोना कोषमा जम्मा गर्नुहुने भएको छ ।

भण्डारीले विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमाु जम्मा गर्नुहुने भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बुधबार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिनुभएको हो । यसअघि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु, विभिन्न पार्टीका नेता तथा सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  १ : ५७ बजे