१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

शुक्रबारदेखि झुँगामा वाणगंगा नगरस्तरीय बी-ग्रेड ब्याडमिन्टन, विजेतालाई १५ हजार



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा आउने शुक्रबारबाट नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान स्वरुप स्थानीय मुहान ब्याडमिन्टन क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

कुवेरापुर चौपारी चोकमा रहेको ब्याडमिन्टन कोर्टमा २ दिनसम्म चल्ने प्रतियोगितामा नगर भित्रका जुनसुकै खेलाडीले भाग लिन पाउने खेल संयोजक अम्मर रेश्मीले जानकारी दिनुभयो । खेल सह संयोजक अशोक उच्चैका अनुसार प्रतियोगितामा ४० बढी टिमले भाग लिने अनुमान गरिएको छ ।

मुहान क्लवमा आवद्ध ब्याडमिन्टनप्रेमी युवाहरुको सक्रियतामा स्थापना भएको ब्याडमिन्टन क्लवले प्रतियोगिताबाट बचत हुने रकम झुँगामा निर्माणाधिन नव दुर्गा मन्दिरमा सहयोग गरिने क्लवले जनाएको छ ।

प्रतियोगितामा विजेता हुने टोलीले नगद १५ हजार र उपविजेता टोलीले १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा सहभागिताको लागि इच्छुक ब्याडमिन्टन जोडीले विहिबार रातिसम्म नाम दर्ता गराउन सक्ने क्लवले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ५ : ५३ बजे