७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाणगंगामा आज थपिए ७ जना कोरोना संक्रमित, सबैमा लक्षण



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आज लक्षणसहितका ७ जना कोरोना संक्रमित थपिएका छन् ।

नीजि स्तरबाट कोरोना जाँच गराएकामध्ये बिभिन्न वडाबाट ७ जना संक्रमित थपिएका हुन् । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार वडा नम्बर १ मा २८ बर्षिय पुरुष, वडा नम्बर ४ का ५२ बर्षिय पुरुष र २८ बर्षिया महिला, वडा नम्बर ५ मा ३६ बर्षिय पुरुष, ७ मा २५ बर्षिया महिला र वडा नम्बर ११ मा २५ बर्षिया पुरुषमा कोरोना देखिएको हो ।

कोरोना लक्षण देखिएपछि जाँच गराउँदा उनीहरु सबैमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । अन्य १ जनाको वडा खुलेको छैन । आज थप भएका संगै बाणगंगामा सक्रिय कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

पछिल्ला समय बाणगंगामा लक्षणसहितका संक्रमित थपिने क्रम बढेको छ । कोरोना देखिएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङको आधारमा हिजो ५६ जनाको स्वाब संकलन गरी भैरहवा प्रयोग शालामा पठाइएको पनि पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  ८ : ५७ बजे