७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विजयनगरका जनप्रतिनिधिले दशैँ भत्ता लिएनन्, विपद् व्यवस्थापन कोषमा जम्मा गरे



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुले दशैँ भत्ता नलिने निर्णय गरेका छन् । विहिवार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दशैँ भत्ता नलिने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनुभएको छ ।

जनप्रतिनिधिहरुले दशैँ भत्ताको रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।

अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्युनिकरणमा खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  ३ : ०२ बजे